काठमाडौं । नव बुद्ध फुटबल क्लब, युएईको आयोजनामा यही आउँदो जनवरी १८ तारीखका दिन युएईमा रहेका प्रवासी नेपालीहरुबीच नव बुद्ध कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
दुबई स्थित ग्रीनफिल्ड इन्टरनेशनल स्कुलको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५०० युएई दिराम हात पार्नेछ भने उपविजेताले २२०० युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि नगद ७००–७०० युएई दिरामको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यसवाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा युएईमा रहेका प्रवासी नेपालीहरुको कुल २४ फुटबल टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ । सहभागि सबै क्लबहरुलाई आकर्षक गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने