News
काठमाडौं किकर्सले एन्फा यू–१६ लिग खेल्ने
काठमाडौं । काठमाडौं किकर्स फुटबल एकेडेमीले अखिल नेपाल फुटबल संघ (एन्फा) यू–१६ लिग खेल्ने भएको छ । पछिल्लो लामो समयदेखि नेपाली फुटबलको विकासमा जोड दिदै विदेशी प्रशिक्षकसहित फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको किकर्सले खुमलटार युवा क्लबमार्फत यू–१६ लिग खेल्न लागेको हो ।
यसका लागि किकर्सले खुमलटारसँग ;Demf}tf समेत गरिसकेको छ । एन्फामा दर्ता रहेका क्लबहरुले मात्रै लिग खेल्न पाउने नियम भएका कारण किकर्सले o'y lnudf सहभागीता जनाउन खुमलटारसँग सम्झौता गरेको हो । सम्झौताअनुसार किकर्सले सोमबार आफ्नो पहिलो खेलको रुपमा संकटाको यू–१६ टोलीसँग खेल्ने छ ।
स्मरण रहोस, किकर्सले यसअघि देश तथा विदेशमा समेत भएका विभिन्न उमेर समहको प्रतियोगितामा सहभागतिा जनाउँदै आइरहेको छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन