फर्साटिकर । राष्ट्रियस्तरका केही चर्चित खेलाडी लिएर उत्रिएको लिस्नु युवा क्लब, कोटिहवालाई हराउँदै देवदह ब्वाईज, देवदह जारी शुद्धोधन गाउँपलिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ देवदहले लिस्नुमाथि ४–० को प्रभावशाली जित निकाल्यो । देवदहको जितमा कप्तान सुरज चौधरी, अरुण चौधरी र सन्दिप चौधरीले गोल गरे । थप एक गोल भने लिस्नुका सुमित मल्लाहले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।
खेलमा लिस्नुले बिशाल सुनार, लक्ष्मण रुचाल, रुपेश केसी जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई मैदानमा उतारे तापनि आफ्नो पराजय भने टार्न सकेन ।
खेलमा देवदहका सुरज चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस २३ गते मंगलबारको अन्तिम प्रिक्वाटरफाइनल खेल गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र न्यु युथ युनियन क्लब, पाल्पा बीच हुने खेल संयोजक अकरम अलीले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए । फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।