News
महिला लिगः साविक विजेता एपिएफसँग निरीह वालिङ
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत साविक विजेता तथा उपाधिको दावेदार एपिएफ फुटबल क्लबले आफ्नो दोस्रो खेलमा फराकिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा खेलमा एपिएफले वालिङ नगरपालिकालाई शून्यका विरुद्ध ९ गोलको फराकिलो अन्तरले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङले ह्याट्रिकसहित चार गोल गरिन् । गीता राना र सरु लिम्बुले दुई–दुई गोल गर्दा अनिता केसीले थप एक गोल गरेकी थिईन् ।
लगातार दुई जित हात पारेको एपिएफ ६ अंकका साथ शिर्ष स्थानमा छ । पराजित वालिङ भने अंकविहीन रुपमा पुछारमा संघर्षरत छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश