News
महिला लिगः साविक विजेता एपिएफसँग निरीह वालिङ
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत साविक विजेता तथा उपाधिको दावेदार एपिएफ फुटबल क्लबले आफ्नो दोस्रो खेलमा फराकिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा खेलमा एपिएफले वालिङ नगरपालिकालाई शून्यका विरुद्ध ९ गोलको फराकिलो अन्तरले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङले ह्याट्रिकसहित चार गोल गरिन् । गीता राना र सरु लिम्बुले दुई–दुई गोल गर्दा अनिता केसीले थप एक गोल गरेकी थिईन् ।
लगातार दुई जित हात पारेको एपिएफ ६ अंकका साथ शिर्ष स्थानमा छ । पराजित वालिङ भने अंकविहीन रुपमा पुछारमा संघर्षरत छ ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा