News
मलेसियामा दोस्रो स्कुडाई गोल्डकप हुँदै
काठमाडौं । ‘एकता, सद्भाव र प्रवद्र्धन’ भन्ने नाराका साथ मलेसियाको जोहोरमा रहेका नेपालीहरुद्वारा स्थापित स्कुडाई एफसी, जोहोरको आयोजनामा यही जनवरी १२ तारीखका दिन दोस्रो स्कुडाई गोल्डकप हुने भएको छ ।
मलेसियाको जोहोर शहर मै हुने प्रतियोगिताको टिमदर्ता पनि खुला रहेको खेल संयोजक बिशाल लामाले जानकारी दिए । साथै टिमदर्ता शुल्क १२५० मलेसियन रिंगेट रहेको पनि खेल संयोजक लामाले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले ३५ सय मलेसियन रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष प्रेम तामाङले बताए ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने