News चात्यासा दमक मच्छिन्द्र कपको सेमिफाइनलमा
गोलनेपाल

केराबारी । चात्यासा दमक मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार केराबारि रंगशालामा सम्पन्न चौथो क्वाटरफाइनलमा चित्लाङ एफसी, काठमाडौंलाई शून्यका विरुद्ध २ गोलले हराउँदै चात्यासा दमक सेमिफाइनल पुगेको हो।

चात्यासा दमकको जितमा हरि कार्कीले निर्णायक दुई गोल गरे । चात्यासाको जितमा निर्णायक बनेका हरि कार्की नै खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत पुस २४ गते बुधबारको पहिलो सेमिफाइनल खेल पानवारि फुटबल क्लब, धरान र बेलबारि फुटबल क्लब, मोरङ बिच हुने आयोजकले जानकारी दियो ।

Post Comments