News
वैदे गोल्डकप आजदेखि (खेलतालिकासहित)

चुलाचुली । खेल पर्यटन , हाम्रो भौगोलिक चिनारि भन्ने मुल नाराको साथ द वैदे स्पोर्टिङ क्लबको आयोजनामा आजदेखि प्रथम वैदे गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता शुरु हँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज द वैदे स्र्पोटिङ क्लब र मिक्लाजुङ खेलकुद, पाँचथर भिड्ने छन् । कुल आठ टोली सहभागि प्रतियोगिताको फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।
चुलाचुली गाउँपालिका मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०५ रुपैयाँ सहित ट्रफि, मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५५,५०५ प्राप्त गर्नेछ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments