News दोस्रो इलिट कप यु–१६ फुटसल माघ ४ गतेदेखि
सुरज राना मगर

तिलोत्तमा । इलिट एकेडेमी, तिलोत्तमा, रुपन्देहीको आयोजनामा आउँदो माघ ४ र ५ गतेका दिन दोस्रो इलिट कप यु–१६ फुटसल प्रतियोगिता हुने भएको छ ।

तिलोत्तमा–७, भलवारी स्थित सनराईज फुटसलमा हुने दुई दिने प्रतियोगिताको माघ १ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २००० तोकिएको पनि खेल संयोजक मनु श्रीसले जानकारी दिए ।

रुपन्देही कै पूर्व खेलाडी, युवा व्यवसायी तथा खेलप्रेमी भक्तराम गुरुङद्वारा सञ्चालित भेनाको चटपटेद्वारा प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमी व्यवस्थापक सिजन थापाले बताए ।

इलिट एकेडेमीका संस्थापक तथा प्रशिक्षक समेत रहेका ओम थापाले जिल्लाबाट युवा उमेर मै राम्रो खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितालाई सबैले साथ, सहयोग र समर्थन गरिदिन अनुरोध समेत गरे ।

विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9805244460 9815278521 मा सम्पर्क गर्न सकिने पनि सह–संयोजक नितान छन्तेलले जानकारी दिए ।

Post Comments