
चुलाचुली । बुधबारदेखि शुरु भएको प्रथम बैदे गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा मिक्लाजुङ खेलकुद, पाँचथरले विजयी शुरुवात गरेको छ ।
चुलाचुली–६, इलाम स्थित मिक्लाचोङ माविको खेलमैदानमा भएको उद्घाटन खेलमा मिक्लाजुङले आयोजक द बैदे स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा मिक्लाजुङले द बैदेलाई ५–४ ले हराउँदै सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भयो ।
खेलमा मिक्लाजुङका गोलरक्षक सुमित साह म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस २५ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल त्रिवेणी एफसी र फुङ्गनाम स्र्पोटिङ क्लब बीच हुने आयोजकले जानकारी दियो ।
द बैदे स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५०५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।v