News
युथ लिगः थ्रीस्टारको गोल वर्षा, एपिएफको पनि जित
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ बुधबार थ्रीस्टार क्लबले गोलको बर्षा गर्दै जित निकाल्दा अर्को खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले पनि सफलता हासिल गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले त्रिभुवन आर्मी फुटबल क्लबलाई शून्यका विरुद्ध १० गोलको फराकिलो अन्तरले हरायो । थ्रीस्टारका लागि श्रृजन श्रेष्ठ र रोहन भोम्जनले ह्याट्रिक गरे । त्यस्तै पुरन श्रेष्ठले दुई गोल गर्दा भुपेन्द्र रावत र जोङशेन खेन्चो काजीले समान एक–एक गोल गरे ।
त्यस्तै अर्को खेलमा एपिएफले सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गर्यो । एपिएफको जितमा अविनाश वाइबा र तेन्जिङ शेर्पाले गोल गरे । उता सातदोबाटोका लागि भने एपिएफ कै बिकेन खत्रीले आत्मघाती गोल गरेका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा