News
महिला लिगः वालिङको पोष्टमा आर्मीको दर्जन गोल
काठमाडौं । एन्फा महिला लिग फाइनल राउण्डको खेल जारी रहँदा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार लिग कै फराकिलो अन्तरको जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फराकिलो जित दर्ता गर्ने क्रममा वालिङ नगरपालिकालाई १२–० को एकतर्फी अन्तरले हरायो । आर्मीको जितमा बिमला चौधरीले चार गोल गरिन् भने चन्द्रा भण्डारीले पनि तीन गोल गर्दै ह्याट्रिक पूरा गरीन् ।
त्यस्तै सपना लामा र अञ्जना राईले समान दूई–दुई गोल गर्दा थप एक गोल बिमला बिकले गरीन् । यो जितपछि आर्मीको ३ खेलबाट ७ अंक भएको छ । पराजित वालिङ भने अझै अंकविहीन छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश