News
युथ लिगः मच्छिन्द्रको जित, संकटा र फ्रेण्डस बराबरीमा रोकिए

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएका दुई खेलहरु मध्ये एकमा स्पष्ट नतिजा निस्किदा अर्को खेल बराबरीमा टुंगिएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले खुमलटारलाई २–० ले हरायो । मच्छिन्द्रको जितमा हिमाल थिङ र सौगात बोम्जनले गोल गरे । बोम्जन खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा संकटा फुटबल क्लब र फ्रेण्डस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
Post Comments