News
युथ लिगः मच्छिन्द्रको जित, संकटा र फ्रेण्डस बराबरीमा रोकिए
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएका दुई खेलहरु मध्ये एकमा स्पष्ट नतिजा निस्किदा अर्को खेल बराबरीमा टुंगिएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले खुमलटारलाई २–० ले हरायो । मच्छिन्द्रको जितमा हिमाल थिङ र सौगात बोम्जनले गोल गरे । बोम्जन खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा संकटा फुटबल क्लब र फ्रेण्डस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा