News
पाँचौं माघे संक्रान्ती कपः पानबारी सेमिफाइनलमा प्रवेश

नक्सलबारी । पानबारी फुटबल क्लब, धरान सुनसरी यहाँ जारी पाँचौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
पानबारीले दोस्रो क्वाटरफाइनलतर्फ इन्ट्रा पथरी–११, पथरी मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पानबारीको जितमा मिलन लिम्बुले गरे । दुई गोल गरेका मिलन नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत पुस २६ गते शुक्रबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल नक्सलबारी फुटबल क्लब, मोरङ र तालतलैया ब्वाईज, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।
नक्सलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)