News मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष लुङवासहित ६ जनाको बागमती प्रदेश खेलकुद बिकास परिषदमा नियुक्ती
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त रहेको पदहरुमा मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष अमृत लुङवासहित अन्य ६ जनालाई नियुक्ती गरिएको छ ।

मकवानपुर जिल्लाको फुटबलसँगै अन्य खेलकुद र सामाजिक गतिविधीमा समेत सक्रिय रहेका लुङ्वासँगै नियुक्ती भएका अन्य सदस्यहरुमा अन्जना शिवाकोटी, दिपा क्षेत्री, गोविन्दलाल श्रेष्ठ, सबिन भटट्टाचार्य र राजन धिताल रहेका छन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सत्ता साझेदार दल एमाले र कांग्रेसबाट ३–३ जना गरी कुल ६ जना सदस्यहरु नियुक्ती गरेकी हुन् ।

Post Comments