News नक्सलबारी अन्तिम चारमा पुग्ने अन्तिम टोली
गोलनेपाल

नक्सलबारी । सहज जितका साथ नक्सलबारी फुटबल क्लब, मोरङ जारी पाँचौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

चौथो तथा अन्तिम क्वाटरफाइनलतर्फ नक्सलबारीले तालतलैया ब्वाईज, सुनसरीलाई ३–१ ले हरायो । नक्सलबारीको जितमा रोहन गुरुङ्गले दुई गोल गर्दा आनन्द राईले थप एक गोल गरे । उता पराजित तालतलैयाका लागि भने रोमन तामाङले एक मात्र गोल गरेका थिए ।

खेलमा नक्सलबारीका रोहन गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस २७ गते शनिबारको पहिलो सेमिफाइनल खेल सतिसाले स्र्पोटिङ क्लब, मोरङ र पानबारी फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

नक्सलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।

 

Post Comments