News
सातदोबाटोसँग आर्मी स्तब्ध, फ्रेण्डसलाई पनि सफलता
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका दुई खेलहरुमा सातदोबाटो युथ क्लब र फ्रेण्डस क्लबले महत्वपूर्ण जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटोले त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० ले हरायो । सातदोबाटोको जितमा आयुष खड्का, युवराज शाही र अल्बिन लिम्बुले समान एक–एक गोल गरे । खेलमा सातदोबाटोका आयुष खड्का म्यान अफ दि म्याच समेत बने ।
त्यस्तै दिनको दोस्रो खेलमा फ्रेण्डसले एफसी खुमलटारमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । फ्रेण्डसका लागि साजन गुरुङ्ग र कृष कटुवालले गोल गरे । पराजित खुमलटारका लागि मेहन सापकोटाले एक मात्र गोल फर्काए । खेलमा फ्रेण्डसका दिवान थापा म्यान अफ दि म्याच चुनिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा