च्याङग्रे । तिवारीभञ्ज्याङ फुटबल क्लब र कोटकालिका फुटबल क्लब यहाँ जारी दोस्रो पौवादुङमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पौवादुङमा रंगशालामा भएको पहिलो खेलमा तिवारीभञ्ज्याङले मोडर्न एरा एफएलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो । तिवारीभञ्ज्याङको जितमा सुजन मगरले दुई गोल गरे भने उमेश कार्की, मौसम सुब्बा र सुनिल खड्काले एक–एक गोल गरे । खेलमा दुई गोल गरेका तिवारीभञ्ज्याङका सुजन मगर म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दोस्रो खेलमा कोटकालिकाले छथर गाउँपालिकामाथि २–० को जित निकाल्यो । कोटकालिकाको जितमा कोमल खवास र रिचार्ड विलसनले गोल गरे । कोटकालिकाका रिचार्ड खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा