News
तेस्रो ल्होसार कप शुरु, रतनपुर युनाइटेडको विजयी शुरुवात
निजगढ । बिहीबारदेखि शुरु भएको तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगितामा रतनपुर युनाइटेड क्लबले विजयी शुरुवात गरेको छ ।
निजगढ–१०, लाल स्थित बुद्धचोक फुटबल मैदानमा भएको उद्घाटन खेलमा रतनपुरले आरएफसी, हरिवनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
रतनपुरका लागि दिपेश गुरोले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने रतनपुर कै गोलरक्षक अभिषेक चौधरी घोषित भए । यो जितसँगै रतनपुर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट