काठमाडौं । टिप–टो स्पोर्टस एकेडेमीले नेपालको प्रतिनिधित्व गर्दै थाइल्याण्डमा हुने इइएफ एसियन च्याम्पियनसिपमा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेको छ ।
टोलीमा १४ खेलाडी र दुई अफिसियलसहितको नेपाली टोली प्रतियोगिताको यु–१२ र यु–१४ उमेर समूहमा प्रतिस्पर्धा गर्ने गरी त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतियोगितामा एकेडेमीका संस्थापक अध्यक्ष तथा नेपाली राष्ट्रीय फुटसल टिमका पूर्व मूख्य प्रशिक्षक गौरब बस्नेत र सोही एकेडेमीका CEO तथा एन्फाका पूर्व Competition Manager सुवास न्यौपाने सहित U-12 मा राधव बस्नेत, निवोल श्रेष्ठ, स्रेना खड्का, कोसिस मगर, वियोन खतिवडा, रिवाज इटनी, लोगन सेन्ट बि.क. र आकर्षण पुन रहेका छन् भने U-14मा बिपिन छन्त्याल, सेवन्त ओझा, अस्कार श्रेष्ठ, प्रिन्स घटानी, प्रान्शु थापा र जोनिक गुरूङ्गको पनि सहभागिता रहने एकेडेमीका संयोजक तथा प्रशिक्षक हनिप भण्डारीले जानकारी दिए ।
सोही अवसरमा खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्ण हरि महर्जन र नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काले बिदाइ गरे । उक्त्त प्रतियोगिता यही जनवरी १८ देखि १९ तारीखसम्म चल्ने कार्यक्रम छ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन