News
पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक ए र योङ ब्वाईज झापा भिड्ने

आठराई । तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा जारी पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक ए र योङ ब्वाइज झापा भिडने भएका छन ।
शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा योङ ब्वाइज झापाले सरस्वति मा.वि. ह्वाकूलाई ५-३ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा आयोजक ए ले खाम्लालुङलाई ३-० ले पाखा लगाउँदै झापा संगको फाइनल भेट पक्का गरेको हो ।
१४ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले १ लाख ५ हजार १०८ र उपविजेताले ६५ हजार १०८ रूपैया प्राप्त गर्ने खेलकुद समिति अध्यक्ष सन्जय इङनामले जानकारी दिए । इङनाम इवाहाङ युवा समाजको आयोजनामा माघ १ गते देखि शुरू भएको प्रतियोगिता ६ गते आइतबार सम्पन्न हुनेछ ।
Post Comments
Related News