
बागलुङ । संघर्षपुर्ण जित निकाल्दै दोस्रो स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय (डिपिओ), बागलुङले जितेको छ । फाइनलमा संकल्न पूर्नःस्थापना केन्द्रलाई पेनाल्टी शुटआउटमा हराउँदै डिपिओ च्याम्पियन बनेको हो ।
त्यसअघि बाङ्गेचौर खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ डिपिओका लागि मनोज गुरुङ्गले गोल गर्दा संकल्पका लागि सुमित श्रेष्ठले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने डिपिओले ५–३ ले नतिजा आफ्नो पक्षमा पार्दै विजेता बन्यो सफल भयो ।
विजेता बनेको डिपिओले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता संकल्पले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक डिपिओका जिवनसिंह ठकुरी बन्दा संकल्पका बिशाल नेपाली उत्कृष्ट डिफेन्डर चुनिए । डिपिओका सन्दिप तामाङ उत्कृष्ट मिडफिल्डर चुनिदा उत्कृष्ट फरवार्ड संकल्पका मुकुन्द निउरे बने ।
त्यस्तै उत्कृष्ट प्रशिक्षक डिपिओका सन्तोष सुवेदी बन्दा आदर्श विद्या मन्दिरका जोफा कोनाम र नारायण दल गणका धिरेन्द्र शाहीले सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्त रुपमा हात पारे ।
त्यसैगरी नारायण दल गणले फेयर प्ले अवार्ड समेत हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता डिपिओका विवेक गुरुङ्ग घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी जिल्ला खेलकुद संघका अध्यक्ष कुमार खड्का, आयोजक बागलुङ एकता क्लबका अध्यक्ष इन्सान थापा लगायतले पुरस्कृत गरेका थिए ।
बागलुङ एकता समाज, बागलुङको आयोजनामा गत पुस २९ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।