News पथरी शनिश्चरे ८ मा खेल मैदान बन्ने भए पछि खेलाडी उत्साहित
गोपाल काफ्ले

पथरी शनिश्चरे वडा नं. ८ मा पथरी शनिश्चरे ८ मा खेल मैदान बन्ने भएको छ ।

पथरी शनिश्चरे वडा नं. ८ वुद्ध मावीको संगै रहेको जग्गालाई सम्याउन थालिएको छ । करिव २ विगाह क्षेत्रफलमा रहेको होली पुर्ने र विरुवा व्यावस्थापन गरी रंगशालाको निर्माणको कार्य सुरु भएको छ । फुटबल लगायत खेलमा खेलाडी र दर्शकको रुचि बढिरहेका बेला मोरङको पथरी शनिश्चरेका विभिन्न वडाहरुमा खेल मैदान बनाउने लहर चलेको हो । यस कार्यमा स्थानिय वडा अध्यक्षहरु प्रत्यक्ष सहभागी भइरहेका छन् । अन्तराष्ट्रिय मापदण्डमा बन्न लागेको वडा नं. ८ को खेल मैदाका लागि पथरी शनिश्चरे नगरले १० लाख बजेट छुट्याएको छ । वडा भित्रै खेल मैदान बनाउन जुटेका वडाध्यक्ष कार्कीले चाडै मैदान सम्पन्न गरि प्रतियोगिता गराउने लक्ष्य लिएका छन । वडाध्यक्ष नविन जंग कार्कीले भने, ‘मैदान अभाव पहिले देखि नै खड्किएको थियो, मैदान वनाउ थालियो, उत्त मैदानलाई विद्यालयले समेत प्रयोग गर्न मिल्ने व्यवस्था बनाइएको छ’ । खेलाडीको अभ्यासका लागि वडाध्यक्ष नविन कार्की आफै खेल मैदान बनाउन जुटेका हुन ।

स्थानिय पालिका संरचनामा हुनु पर्ने आधार मध्येको एक खेल मैदान पनि हो । तर वडामा मैदान नहुदा खेलाडीले १० किलोमिटर टाढा धाउनु परेको छ । वडाध्यक्ष कार्की भन्छन नगर र वडामा ए र बि डिभिजनका भरपर्दा राम्रा राम्रा खेलाडी भएको कारण वडामा खेल मैदान निर्माणमा जुटेको बताउछन । नगरमा अन्तराष्ट्रिय मापदण्ड खेलमैदान छैन । नगरकै पहिचान बोकेको रंगशाला पनि मापदण्ड विपरित पुर्व पश्चिम फर्केको छ । तर उत्त मैदानमा नगरले मर्मतको नाममा ५० लाख छुट्याएको छ ।  उत्त मैदानमा प्याराफिट सहितको मञ्च समेत रहने गरि रंगशाला बन्न लागेको छ ।

खेलमैदानको अभाव पुरा गर्न वडा र नगरले गरेको कार्यमा स्थानिय प्रभात सामुदायीक क्लवले साथ दिइराखेको छ । वडाध्यक्ष संगै मैदानमा सम्उाउने काममा लागेका प्रभात सामुदायीक क्लवका उपाध्यक्ष किसन राई भन्छन ‘माटो पुर्ने काम हुदै छ अरु धेरै काम छ त्यस पछि त नियमीत फुटवलको प्रशिक्षण सुरु गर्ने छौ’ ‘मैदान आवश्यक थियो रंगशाला वन्ने भएपछि स्थानिय खेलाडीमा समेत उर्जा भरिएको छ’ । पहिलो चरणमा नगरपालिकाले १० लाख रुपयाँ दिएको छ ,वडा वाट समेत वजेट विनियोजन गर्ने र खेलकुदका अन्य विभागवाट समेत वजेत ल्याएर सुविधा सम्पन्न रंगशाला वनाउने सपना छ वडा अध्यक्ष कार्कीको । सोहि अनुसार काम थालिएको छ । जग्गा खरिद गर्न नपरेपछि भौतिक पुर्वाधार विकासमा नै सवै खर्च गरिन लागिएको हो । यसको संरक्षणका लागी स्थानिय प्रभात सामुदायीक क्लवले भुमीका खेल्ने क्लवका अध्यक्ष अमर वहादुर थापाले वताए ।  पहिला पहिला फुटवल र क्रिकेटका ठु–ठुला प्रतियोगिता स्कुलका मैदानमा हुन्थे ।

पछिल्लो समय विद्यालयका मैदानमा प्रतियोगिता हुदा पठनपाठनमा अवरोध हुन थालेको छ । विद्यालयको मैदान भवन निर्माणमा प्रयोग हुन थालेको र पठनपाठनमा अवरोध नहोस भन्ने उदेश्यले खेल मैदान छुट्टै बनाउन लागेको पथरी शनिश्चरे नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल बुढाथोकी बताउनु हुन्छ । पथरी शनिश्चरेमा विद्यालय बाहिर रहेका खेल मैदान पर्याप्त छैन । पथरी शनिश्चरे १ बजारमा रहेको दिपेन्द्र स्मृती खेल मैदान, २ मा रहेको जयचोक खेल मैदान, १० मा रहेको शिविर खेल मैदानहरु बजार केन्द्रीत रहेका छन । पहिले देखि भएका मैदान व्यवस्थित पार्ने र नयाँ मैदानको निर्माण कार्यमा वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने पनि लागि परेका छन । यहि क्षेत्रवाट फुटवल प्रशिक्षण गरेको खेलाडीहरुले ए र वि डिभिजन लिगमा सहभागिता जनाइ सकेका छन् । 

यस क्षेत्रका खेलाडीले अन्य क्षेत्रवाट प्रतिनिधीत्व गरेर फुटवल खेल्न भ्याइ नभ्याई रहेको मोरङ जिल्ला फुटवल संघका अध्यक्ष संजिव बुढाथोकी बताउछन । मैदान घर नजिकै खेल हुदा खेलाडीलाई सजिलो हुने बुढाथोकीले बताए ।  सौर्य राउत अहिले पुर्वमा आयोजना हुने फुटवल प्रतियोगीतामा प्रभावशाली खेलाडीका रुपमा चिनिन्छन् । मैदान अभावकै कारण प्रशिक्षण गर्न ६ किलो मिटर टाडा पथरी वजार सम्म धाउनु परेको राउतको गुनासो छ । खेल मैदानको निर्माणले आफुहरुमा उर्जा भरिएको खेलाडी राउतको भनाई छ ।  वडाको सक्रियतामा वन्न लागेको सो रंगशालाको पुर्णता पछि मोरङ्गको पथरी शनिश्चरेमा भइरहेको मैदान अभावको समस्यामा केहि हद सम्म समाधान हुने पुर्व राष्ट्रिय खेलाडी तथा पथरी शनिश्चरे नगर खेलकुद संयोजक दिपक राई बताउछन् ।

Post Comments