च्याङग्रे । आयोजक पौवादुङमा खेलकुद विकास समिति –बी) जारी दोस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको अन्तिम क्वाटरफाइनलमा पौवादुङमाले अल स्टार फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पौवादुङमा रंगशालामा भएको खेलमा पौवादुङमाका लागि जिवन राई, मिलन चाम्लिङ राई र समिर राईले गरे । खेलमा पौवादुङमाका गोलकर्ता जिवन राई म्यान अफ द म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ ७ गते सोमबारको पहिलो सेमिफाइनल खेल कोट कालिका एफसी र राजगढ एफसी बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल पौवादुङमा खेलकुद विकास समिति –बी) र तिवारीभञ्ज्याङ एफसीबीच हुनेछ ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा