News
थ्रीस्टार र एपिएफको सहज जित
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार थ्रीस्टार फुटबल क्लब र एपिएफ फुटबल क्लबले सहज जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले एफसी खुमलटारलाई ५–१ ले हरायो । यो जितपछि ६ खेलबाट १६ अंक जोडेको थ्रीस्टार लिगतालिकाको दोस्रो स्थानमा छ । पराजित खुमलटार भने अंकविहीन रुपमा दशौं स्थानमा छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी फुटबल क्लबमाथि १३–० को एकतर्फी र फराकिलो जित निकाल्यो । यो जितपछि १७ खेलबाट १७ अंक जोडेको एपिएफ शिर्ष स्थानमा छ । पराजित आर्मी भने अंकविहीन रुपमा पुछारमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा