News
युएईः न्युब्वाईजलाई एक्रोबेटिका स्पाइडर एक्सेस कपको उपाधि
काठमाडौं । नव बुद्ध फुटबल क्लब, युएईको आयोजनामा सम्पन्न भएको एक्रोबेटिका स्पाइडर एक्सेस खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि न्युब्वाईजले जितेको छ ।
दुबईमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा न्युब्वाईजले सुनसरी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
प्रतियोगिताको विधागततर्फ न्युब्वाईजक सञ्जिप गुरुङ्ग उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर पनि न्युब्वाईज कै राकेश हमाल चुनिए । त्यस्तै उत्कृष्ट म्यानेजर र प्रशिक्षक पनि न्युब्वाईजकै क्रमशः जितेन्द्र कार्की र दुर्गा ढकाल घोषित भए ।
त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरसकार लमजुङ फुटबल क्लबका फिन्जो आले मगरले हात पार्दा सर्वोत्कृष्ट खेलाडी सुनसरीका अमित तामाङ घोषित भए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने