News सहज जितका साथ प्याराडाईज सेमिफाइनलमा
गोलनेपाल

बसन्तपुर । सहज जित निकाल्दै प्याराडाईज फुटबल क्लब, रत्ननगर यहाँ जारी २६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा प्याराडाईजले चित्लाङ फुटबल क्लब, काठमाडौंलाई ४–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

बसन्तपुर खेलमैदानमा भएको खेलमा प्याराडाईजका लागि गिल्सन लिम्बुले दुई गोल गर्दा दिपेश आले र आशिष चापागाईंले एक–एक गोल गरे । खेलमा प्याराडाईजका दुई गोलकर्ता गिल्सन म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ १० गते बिहीबारको पहिलो सेमिफाइनल खेल हनामी बिएफसी, चितवन र मब्वाय एफसी, बुर्किनाफासो बीच हुने आयोजकले जानकारी दियो ।

बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments