News हाम्रो राजारानी भेट्रान क्लब फाइनलमा प्रवेश
गोलनेपाल

इटहरी । हाम्रो राजारानी भेट्रान क्लब, धनकुटा जारी पाँचौं इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलतर्फ हाम्रो राजारानी भेट्रानले पूर्वेली भेट्रान क्लब, झापालाई २–० ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

हाम्रो राजारानी भेट्रानको जितमा खेलको २२औं मिनटमा मित्र बस्नेतले पहिलो गोल गरे भने ३४औं मिनटमा सुजित राईले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा हाम्रो राजारानी भेट्रानका मित्र बस्नेत म्यान अफ द म्याच पनि चुनिए । उनले त्यसवापत नगद २१०० र मेडल हात पारे ।

प्रतियोगिता अन्तर्गत माघ १० गते बिहीबारको दोस्रो सेमिफाइनल खेल घरेलु टोली हाम्रो इटहरी भेट्रान क्लब, सुनसरी र टि.डब्लु.वाई.सी. भेट्रान, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

हाम्रो इटहरी भेट्रान क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १२ गतेका दिन हुनेछ ।

Post Comments