कञ्चन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, डियोबजारमा आउँदो फागुन ३ देखि १४ गतेसम्म १६औं कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
कञ्चन गाउँपालिका–४, डियोबजार स्थित आयोजक कै खेलमैदानमा हुने प्रतियोगिताको माघ २९ गतेसम्म टिमदर्ता खुला गरिएको खेल संयोजक संजय बिकले जानकारी दिए । साथै टिमदर्ता शुल्क १०००० तोकिएको पनि खेल संयोजक बिकले बताए ।
कञ्चन गाउँपालिका, रुपन्देहीको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।
त्यस्तै विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ७५०० सहित ट्रफी हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीहरुलाई जनही ५५०० र ट्रफी प्रदान गरिने पनि अध्यक्ष प्रकाश थापाले बताए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने