News दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फागुन १० गतेदेखि
सुरज राना मगर

कपिलवस्तु । कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा हुन गईरहेको दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिता आउँदो फागुन १० गतेदेखि शुरु हुने भएको छ ।

कपिलवस्तु स्थित बुद्ध रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिए । प्रतियोगितामा ६ ए डिभिजन क्लब र २ मोफसलका गरी कुल ८ टोलीहरुले सहभागिता जनाउने पनि अध्यक्ष थापाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे थप विवरण र जानकारी आयोजकले आधिकारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने पनि आयोजक कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले बताए ।

Post Comments