News प्याराडाईज एफसी २६औं माडी गोल्डकपको फाइनलमा
गोलनेपाल

बसन्तपुर । सहज जितका साथ प्याराडाईज फुटबल क्लब यहाँ जारी गोल्डेन इमिनेन्ट २६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा प्याराडाईजले सुर्यपुर फुटबल क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो । बसन्तपुर खेलमैदानमा भएको खेलमा प्याराडाईजका लागि जय गुरुङ्ग, दिपेश आले मगर र खामिर गिल्सनले एक–एक गोल गरे ।

खेलको म्यान अफ दि म्याच भने प्याराडाईज कै बिबेक पौडेल चुनिए । प्याराडाईजले अब माघ १२ गते शनिबार हुने फाइनलमा माबोयी फुटबल क्लब, बुर्किना फासोसँग उपाधिका लागि भिड्नेछ ।

बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments