News युथ लिगः सातदोबाटो र एपिएफको जित
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सातदोबाटो युथ क्लब र एपिएफ फुटबल क्लबले जित हात पार्दै खातामा तीन–तीन अंक जोडेका छन् ।

एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा सातदोबाटोले थ्रीस्टार फुटबल क्लबमाथि २–१ को जित निकाल्यो । यो जितपछि सातदोबाटोको ७ खेलबाट ९ अंक छ । पराजित थ्रीस्टारको खातामा भने १६ अंक छ ।

शुक्रबार नै भएको अर्को खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई ४–० ले हरायो । यो जितपछि एपिएफको खातामा ८ खेलबाट २० अंक भएको छ । पराजित शेर्पाको भने समान खेलबाट ४ अंक मात्र छ ।

Post Comments