तरहरा । हिम शिखर इङलिस स्कुल, तरहरा, सुनसरीको आयोजनामा आइतबारदेखि शुरु भएको छैठौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा आयोजक हिम शिखर इङलिस स्कुल, तरहराले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा हिम शिखरले कस्तुरी एकेडेमी, इटहरीलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । हिम शिखरको जितमा अमिर राई र रबिन खड्काले गोल गरे । खेलमा हिम शिखर कै नेशन कोइराला म्यान अफ दि म्याच घोषित भए ।
यो जितसँगै हिम शिखर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नबिन राई लगायतले गरेका थिए ।
यही माघ १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १६ टोलीहरु सहभागि छन् ।
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन