काठमाडौं । घरेलु मैदान मै हुन गईरहेको चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपालको राष्ट्रिय महिला फुटबल टोली तयार पार्न ३९ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
स्मरण रहोस, नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार सम्मिलित चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आउँदो फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । नेपालले आफ्नो पहिलो खेल फागुन ५ गते किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । सोही दिन उद्घाटन खेलमा भने लेबनान र म्यानमार भिड्ने छन् ।
टोलीको बन्द प्रशिक्षण भने माघ १९ गतेदेखि शुरु गर्ने समेत अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुः
अन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, अमृता जैसी, गीता राना, बिमला बिक, निशा थोकर, समिक्षा घिमिरे, पुजा राना, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, बिमला चौधरी, रेनुका नगरकोटी, सरु लिम्बु, साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, सबिता राना मगर, सजनी थोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सबित्री किसन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुक्रिया मिया, प्रतिक्षा चौधरी, सेमिहाङमा लिम्बु, मिना देउवा, पुष्पा कुमारी खड्का, यशोदा शाही, ममता पुन, झुमा विश्वकर्मा
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा