News
महिला लिगको फाइनलमा पुलिस, उपाधिका लागि एपिएफसँग भिड्ने
काठमाडौ । विभागीय टोली नेपाल पुलिस क्लब जारी एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
सोमबार भएको लिगको दोस्रो क्वालिफायरतर्फ अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस उपाधी नजिक पुगेको हो ।
एन्फा कम्प्लेक्समा भएको निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएपछी खेलको छिनोफानो पेनाल्टीबाट लिइएको थियो । जसमा पुलिसले आर्मीमाथी २-१ को जित निकाल्न सफल भयो ।
पेनाल्टी शुटआउटमा विपक्षीको तीन प्रहार जोगाउँदै उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी गोलरक्षक उषा नाथ खेलको प्लेयर अफ दि म्याच बनिन ।
पुलिसले अब बुधबार दशरथ रंगशालामा हुने फाइनलमा अर्को विभागीय टोली साविक विजेता एपिएफ फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा