जयपुर । झापाको बुद्वशान्ति-२, जयपुरमा आयोजना हुने आठौं नवज्योति च्यालेञ्ज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि लगभग २ हजार ५०० जना क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माण भएको छ । मञ्च निर्माणको काम सकिएको छ भने मैदान मर्मतको काम समेत अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।
यही माघ २१ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल माघ २८ गते हुने छ । प्रतियोगितामा भारतका दुई क्लब र नेपालका ६ क्लबको सहभागिता रहने छ ।
प्रतियोगितामा आयोजक नवज्योति युथ क्लब , रेडहर्स एफसी इलाम, प्लानिङ व्वाइज काठमाण्डौ, मानेभन्ज्याङ एफसी भारत, न्यु स्टार एफसी सुनसरी, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, सिलिगुडी युनाइटेड भारत र नवप्रगति समाजसेवा क्लब मोरङ सहभागी हुने भएका छन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले ७ हजार रुपैया पुरस्कार पाउने छन् । मष्ट भ्यालुएबल प्लेयर्सलाई १५ हजार तथा फाईनलका उत्कृष्ट गोलरक्षक, गोलकर्ता, डिफेण्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने जनाईएको छ ।
एलिस सप्लायर्सले मुख्य प्रायोजक रहेको प्रतियोगिताको बिजेताले नगद २ लाख २५ हजार र उपबिजेताले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । आदर्श माध्यमिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा २५ लाख रुपैया खर्च हुने अनुमान गरिएको आयोजक क्लबका अध्यक्ष पोखरेलले जानकारी दिए ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक