
सुन्दरहरैचा । बिराट भेट्रान क्लब, मोरङको आयोजनामा यही माघ १९ गतेदेखि हुने चौथो बिराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । उद्घाटन खेलमा माघ १९ गतेका दिन एन.आर.सी. भेट्रान, सिक्किम, भारत र दुधे भेट्रान, झापा भिड्ने छन् । नेपाल र भारतका गरी कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल माघ २६ गतेका दिन हुनेछ ।
नाईन ए साईड प्रतियोगिताको प्रत्येक टोलीले टिममा ४ जना ४० वर्ष माथिका र ५ जना ४५ वर्ष माथिका खेलाडीहरुलाई अनिवार्य खेलाउनुपर्ने पनि जानकारी दियो । साथै त्यसका लागि आवश्यक प्रमाणको सक्कलै पेश गर्नुपर्ने पनि आयोजकले जनाएको छ ।
सुन्दरहरैचा नगरपालिका, मोरङको विशेष सहयोग तथा पिएलओको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि