बागधुरा । सहज जितका साथ न्यु सृजना युवा क्लब, करौजिया यहाँ जारी स्व. लाल बहादुर–डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ न्यु सृजनाले आयोजक सञ्जिवनी युवा क्लब, बागधुरालाई ५–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । न्यु सृजनाको जितमा हिमाल थापाले ह्याट्रिक गरे भने आशिष ज्ञवालीले थप दुई गोल गरे । पराजित सञ्जिवनीका लागि भने सन्जु सेन ठकुरीले एक मात्र गोल फर्काएका थिए ।
खेलमा ह्याट्रिक गरेका न्यु सृजनाका हिमाल थापा म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत माघ १८ गते शुक्रबारको खेल जनज्योति युवा क्लब, डिंगरनगर र लिस्नु युवा क्लब, कोटिहवाबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने