
काठमाडौं । चिनीय नयाँ वर्षको अवसर पारी चीनको युनान युथ क्लबसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको युथ टोली तयार पार्न बन्द प्रशिक्षणमा ४५ खेलाडीहरुलाई बोलाइएको छ ।
शुक्रबार मात्र नियुक्त भएका मुख्य प्रशिक्षक राजेश शाहीले आफ्नो नियुक्ति लगतै बन्द प्रशिक्षणका लागि ४५ खेलाडीहरुको नामावली सार्वजनिक गरेको हुन् । टोलीमा अधिकांश जसो नयाँ अनुहारहरु सामेल छन् ।
स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा) र चिनीया राजदुतावाससँगको सहकार्यमा आउँदो फागुन ३ गते (फेब्रुअर १५ तारीख) का दिन चीनको युनान युथ क्लब र नेपाली राष्ट्रिय युथ टोलीबीच दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल म्याच हुने कार्यक्रम छ ।
बन्द प्रशिक्षणमा बोलाइएका ४५ खेलाडीहरुः
अमित टमाटा, जियारथ शेख, कृषल मोक्तान, बिशाल केसी, रुबेन बोगटी, आयुष तिमिल्सना, आश्विन घोरासैनी, बिक्रम तामाङ, निर्मल बल, राम थापा, सबिन घिमिरे, सिमान्त थापा, दिपक थापा मगर, अविनाश स्याङतन, लक्षु थापा, सरोज दर्लामी, प्रशान्त लक्षम, अनिल भोम्जन, धन सिंह बिक, धर्वेन्द्र कुँवर, निमा वाङदेल तामाङ, निरोज कार्की, समिर तामाङ, निराजन धामी, गौरव महर्जन, निनसाङ लिम्बु, जंग प्रकाश बम, उनिश बुढाथोकी, सोहन स्याङतन, सन्तोष गङगुवा, बिज्ञान खड्का, सुजल डंगोल, निशान राज लावत, बिजय उराव, रोमन श्रेष्ठ, कृष्ण बहादुर आले, सबिन कुमार लुङगेली, बिक्रम गौतम, प्रशान्त मोक्तान, रोशन तामाङ, श्रीजन दानी, रोहन खड्गी, निरज चौधरी, मिराक लिङदेन, माइकल थापा