
सुन्दरहरैचा । शनिबारदेखि शुरु भएको चौथो बिराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा दुधे भेट्रान क्लब, झापाले विजयी शुरुवात गरेको छ ।
सुन्दरहरैचा–१० स्थित सुकुना खेलमैदानमा भएको उद्घाटन खेलमा दुधे भेट्रानले पाहुना टोली एनआरसी भेट्रान, सिक्किम (भारत) लाई ६–१ को फराकिलो अन्तरले हरायो । खेलमा दुधे भेट्रानका हर्क तामाङ म्यान अफ दि म्याच चुनिए ।
यो जितसँगै दुधे भेट्रान सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ २० गते आइतबारको खेल बिराट भेट्रान क्लब (बी) र उर्लाबारी भेट्रान क्लब, मोरङबीच हुनेछ ।
बिराट भेट्रान क्लब, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २६ गतेका दिन हुनेछ ।
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि