काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको विजेता ललितपुर सिटी फुटबल क्लबले इङल्याण्डको अनुभवी प्रशिक्षक सिमोन ग्रेसनलाई क्लबको मुख्य प्रशिक्षकमा अनुवन्ध गरेको छ ।
ललितपुरले शनिबार मात्रै आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सिमोनको नियुक्तीबारे जानकारी गराएको हो । व्यवसायीक खेलाडीका खेलाडीका रुपमा सन् ८०–९० को दशकतिर लिडस युनाइटेड, लेस्टर सिटी, एस्टन भिल्ला जस्ता क्लबबाट समेत खेलेका सिमोनसँग प्रशिक्षकका रुपमा पनि लिडस, हुडर्सफिल्ड टाउन, सन्डरल्याण्ड, ब्राडफोर्ड सिटी जस्ता चर्चित क्लबहरुको व्यवस्थापकीय र प्रशिक्षक जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।
पछिल्लोपटक इण्डियन सुपर लिग बैंगलुरु फुटबल क्लबको जिम्मेवारी समेत सम्हालेका सिमोनले बैंगलुरुलाई सन् २०२२–२३ को इण्डियन सुपर लिगको फाइनलमा समेत पुर्याएका थिए ।
यता सिमोनको आगमतले ललितपुर सिटी एफसी तेस्रो एनएसएल सिजनमा उपाधि रक्षाका लागि मानसिक र प्राविधिक रुपमा थप बलियो हुने विश्वास लिएको छ । स्मरण रहोस, नेपाल सुपर लिगको तेस्रो संस्करण आउँदो चैत १६ गतेदेखि शुरु हुने कार्यक्रम छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न