News
धरान वार्डस्तरीय महिला फुटसल हुँदै

धरान । महिला खेलाडीहरुलाई फुटसल खेलतर्फ आकर्षित गर्ने उद्देश्यका साथ योङ युथ, धरान, सुनसरीको आयोजनामा आउँदो फागुन ३ गतेका दिन धरान वार्डस्तरीय महिला फुटसल प्रतियोगिता हुने भएको छ ।
धरान–१६ स्थित बीबी फुटसलमा हुने प्रतियोगिताको यही माघ ३० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४००० तोकिएको पनि आयोजकले जानकारी दियो । टिमदर्ता र विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9742286775, 9829300222, 9818555919 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments