News ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन क्लबहरूलाई नगद सम्मान
गोलनेपाल

ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आज एक विशेष समारोहका बीच नगद सम्मान गरेको छ।

महानगरपालिकाले ए डिभिजनका पाँच क्लब— थ्री स्टार क्लब, फ्रेण्ड्स क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब—लाई जनही रु ४ लाख प्रदान गरेको छ।

बी डिभिजनका तीन क्लब— च्यासल युथ क्लब, खुमलटार एफसी, ब्रिगेड ब्वाइज युनाइटेड—लाई जनही रु ३ लाख, र सी डिभिजनका चार क्लब— खालीबारी युथ क्लब, पुलचोक स्पोर्ट्स क्लब, झम्सीखेल युथ क्लब—लाई जनही रु २ लाख नगद सम्मान गरेको छ।

त्यस्तै, विभिन्न मोफसल प्रतियोगिता जित्ने चर्च ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज युनाइटेडलाई प्रत्येक प्रतियोगिता जिते बापत रु ४ लाखका दरले सम्मान गरिएको छ जसमा पाँच नकआउट प्रतियोगिता जितेको चर्च व्वाइजले रु २० लाख र दुई प्रतियोगिता जितेको ब्रिगेड व्वाइजले रु ८ लाख पुरस्कार पाएका थिए ।

समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, एन्फा महासचिव किरण राई लगायतले क्लबहरूलाई चेक हस्तान्तरण गर्नुभएको थियो।

Post Comments