News बगर भाइखलक कपको फाइनल सोमबार हुँदै
उमेश पुन
पोखरा । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको फाइनल सोमबार हुने भएको छ ।
 
त्यसका लागि तिन वटै उमेर समूहतर्फको (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि) उपाधिका दाबेदार टिमको टुंगो लागिकेको क्लबका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी पोखरा र ब्र्रदरहुड कामाण्डौं उपाधिका लागि भिड्नेछन् ।
 
यस्तै ५० वर्ष उमेरतर्फ हेटौडा भेट्रान्स र फ्रेण्डसिप काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । भने, ६० वर्षतर्फ सिडिएफए चितवन र मास्टर्स देह्रादुन भारतबीच प्रस्पिर्धा हुनेछ ।
 
६० वर्षतर्फको फाइनल खेल बिहान १० बजे, ५० वर्षतर्फको फाइनल ११ बजे र ४ वर्षतर्फको फाइनल खेल दिउँसो ३ बजे सञ्चालन हुने भाइखलकका महासचिव मनकाजी गुरुङले बताए । उनका अनुसार सो प्रतियोगिताको समापन गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गर्नेछन् ।
 
प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
 
यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
 
 
Post Comments