News
यु-१८ फुटबलः अर्जुनधारा ६ र ८ विजयी

शनिश्चरे (झापा) । यहाँ जारी तेस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा आज साविक विजेता अर्जुनधारा ६ र पहिलो संस्करणको विजेता ८ नम्बर वडा विजयी भएका छन् ।
पहिलो खेलमा साविक विजेता अर्जुनधारा ६ ले १० नम्बर वडालाई २-० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । उसका लागि साहिल तामाङ र आदर्श मेचेले गोल गरे ।
यसैगरी, अर्जुनधारा ८ नम्बर वडाले २ नम्बर वडालाई ३-० गोलअन्तरले पराजित गरेको छ । ८ नम्बर वडाका लागि समिर हेमरम, प्रनिश रानामगर र प्रभाव नेपालले गोल गरेका हुन् ।
पहिलो खेलको प्लेयर अफ दी म्याच अर्जुनधारा ६ कासाहिल तामाङ र दोस्रो खेलमा अर्जुनधारा ८ का निश्चल भण्डारी घोषित भए । उनीहरुले जनही १-१ हजारसहित जोया ब्राण्डको टिसर्ट पाएका छन् ।
भोलि पनि दुई खेल हुनेछन् । शनिश्चरे फुटबल क्लबले आयाेजना गरेकाे प्रतियाेगितामा नगरपालिकाभित्रका ११ वटा वडाका टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमशः ५० हजार र ३० हजारसहित ट्रफी पाउने छन् ।
Post Comments