काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका दुई महत्वपूर्ण सदस्यद्वय बिमल घर्ती मगर र बिक्रम लामाको चोटको उपचार कतारमा हुने भएको छ । यो कुराको पुष्टी अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।
स्मरण रहोस, एन्फाले यी दुई खेलाडीको आवश्यक उपचारका लागि कतार फुटबल एसोसिएशनसँग आवश्यक पहल गरिदिन आग्रह गरेको थियो । एन्फाका अनुसार बिक्रम र बिमलको उपचार विश्वको खेल स्वास्थ्य मै चर्चित बनेको एस्पिटर अस्पतालमा हुनेछ ।
दुई बर्ष अघि बिक्रमको क्लब फुटबल खेल्ने क्रममा खुट्टा भाँचिएको थियो । उनको सोही खुट्टाको उपचार कतारमा हुने बताइएको छ । त्यस्तै बिमल भने हालै राष्ट्रिय टोलीको अभ्यास क्याम्पमा गम्भिर रुपमा चोटिल बन्न पुगेका थिए । एन्फाका अनुसार बिमलको घुँडामा गम्भिर चोट लागेको छ ।
साथै एन्फाले बिमल र बिक्रमको यो चोटको कारण उनीहरु लामो समय मैदान बाहिर रहने बताइएको छ । एन्फाका अनुसार यी दुई खेलाडीले उपचारपश्चात् पनि पूनस्र्थापनामा समय खर्चिनु पर्ने बताइएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै