
बेनी । ब्रदर्श टिल डेथ, बेनी–८, क्याम्पस चोक, म्याग्दीको आयोजनामा शुरु प्रथम ब्रदर्श टिल डेथ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको पहिलो दिन रत्नेचौर फुटबल क्लब र मनसुन युथ क्लबले विजयी शुरुवात गरेका छन् ।
विजयी शुरुवात गर्ने क्रममा रत्नेचौरले बौद्ध फुटबल क्लबलाई पेनाल्टी शुटआउट (सडन डेथ) मा ६–५ ले हरायो । खेलमा रत्नेचौरका गोलरक्षक निशान केसी म्यान अफ दि म्याच घोषित भए ।
अर्को खेलमा मनसुन युथले बिकी फेमिलीलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्यो । खेलमा मनसुनका अन्जन बानियाँ म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस म्याग्दी जिल्ला उपसभापति केबी भण्डारी, आयोजक क्लबका अध्यक्ष आशेक केसीले लगायतले गरेका थिए ।
बेनी स्थित खुला मञ्चमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।