News
आयोजक टोलीहरु बिराट भेट्रान ए र बी फाइनलमा भिड्ने

सुन्दरहरैचा । आयोजक टोलीहरु बिराट भेट्रान ए र बी जारी चौथो बिराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
शुक्रबार सुकुना खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा बिराट भेट्रान (ए) ले दुधे भेट्रान, झापालाई १–० ले हराउँदै फाइनल स्थान तय गर्यो । दोस्रो सेमिफाइनलमा बिराट भेट्रान (बी) ले पूर्वाञ्चल भेट्रान, झापालाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
अब यही माघ २६ गते हुने फाइनल खेलमा शनिबार आयोजक कै दुई टोली उपाधिका लागि भिड्ने छन् । बिराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि