बुटवल । सहज जितका साथ देवदह ब्वाईज, देवदह जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ देवदहले चिडिया ब्वाईज, बुटवललाई ३–० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । देवदहका लागि कप्तान सुरज चौधरी, मनिष पुन र दिपेश रानाले गोल गरे । खेलमा देवदह कै सुरज चौधरी म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत माघ २६ गते शनिबारको प्रिक्वाटरफाइनल खेल रामनगर युवा परिवार, बुटवल र योङ ब्वाईज एफसी, खैरेनीबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने