
धरान । प्रदेश नम्बर १ मा गठित जिल्ला फुटबल संघका सम्पूर्ण पदाधिकारीसँग अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान संशोधन सम्बन्धी छलफल गरिएको छ ।
धरान स्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न बैठकमा विधान संशोधनबारे सुझाव पनि संकलन गरिएको थियो । बैठकमा प्रदेश नम्बर १ का ११ जिल्ला फुटबल संघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
एन्फा प्रवक्ता तथा कार्यसमिति सदस्य किरन राईको अध्यक्षतामा भएको सो बैठकमा एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई, कार्यसमिति सदस्य दिपक राई लगायतको उपस्थिति रहेको थियो ।
उता बैठकमा उपस्थिति जनाएका दिपक राई भन्छन् "देशको संविधानले हावा खाइहाल्यो । फुटबलको लागि चाहिं राम्रो विधान बनाउने प्रयासमा छौं । जसले गर्दा देशले जस्तै फुटबलले पनि तानाशाह भोग्न नपरोस ।"
बैठकमा उपस्थित सबैले एन्फाको विधान संशोधनलाई लिएर सकारात्मक रहेको समेत प्रवक्ता किरन राईले बताए ।